आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासाेती १७ मा लागु औषध विरुद्ध चेतनामूलक सडक नाटक सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती,  
     कावासोती नगरपालिका वडा नं. १७ अन्तर्गत गोछडा र गोछडाटारमा सरस्वती माध्यमिक विद्यालय, कावासोती–१७, गोछडा द्वारा आयोजित लागु औषध विरुद्ध चेतनामूलक सडक नाटक भव्य रूपमा सम्पन्न गरिएको छ।

    चालु आ.व. २०८१/०८२ मा सञ्चालन गर्नुपर्ने Social Action Project (SAP) कार्यक्रम अन्तर्गत आयोजित उक्त चेतनामूलक नाटक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले लागु औषधको दुव्र्यसन विरुद्ध सशक्त सन्देश दिन सफल भएका छन्।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री इन्द्र प्रसाद पौडेलले मन्तव्य दिँदै भन्नुभयो, "आजको पुस्ता शिक्षासँगै सामाजिक जागरणमा पनि अग्रसर हुनुपर्छ। यस्तो चेतनामूलक नाटकले समाजमा गहिरो प्रभाव पार्ने विश्वास लिएको छु। लागु औषध जस्तो घातक दुर्व्यसनको विरुद्धमा सबै एकजुट भई सचेतना फैलाउन विद्यार्थीहरूको यो पहल अत्यन्तै सराहनीय छ।"

    त्यस्तै, विद्यालयका प्रधानाध्यापक श्री फणेन्द्र पौडेलले भन्नुभयो, "विद्यार्थीको सिर्जनशीलता र सामाजिक चेतना विकासमा यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी छन्। विद्यालयले पठनपाठनसँगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी यस्ता क्रियाकलापहरूलाई प्राथमिकता दिएको छ।" उहाँले अभिभावक, शिक्षक र समुदायसँग सहकार्य गरेर यस्तो खालको कार्यक्रमलाई भविष्यमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष श्री महेश्वर सापकोटा, टोल विकास समितिका प्रतिनिधिहरू, अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
    नाटकको निर्देशन विद्यालयका शिक्षक दिनानाथ लामिछानेले गर्नुभएकाे थियाे ।

    कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। साथै, सामुदायिक स्तरमा लागु औषध विरुद्धको चेतना फैलाउने कार्यमा समेत यस्तो नाटक प्रभावकारी भएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट