
समाचार कुञ्ज बुधबार असार १८
अस्मिता क्षेत्रि
जनज्योति क्याम्पस भिमाद–६, तनहुँमा असार १८ गते बुधबार पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, जनज्योति क्याम्पस इकाईको आयोजनामा र सामुदायिक सूचना समितिको सहयोगमा कार्यक्रम इकाई सभापति हरिप्रसाद सुवेदीको अध्यक्षता, क्याम्पस प्रमुख केशवराज काफ्लेको प्रमुख अतिथ्यता सम्पन्न भएको हो भने एवंम साहयक क्याम्पस प्रमुख शिवदत्त चापागाईं विशिष्ट अतिथिका रूपमा सहभागी थिए l
कार्यक्रममा प्राध्यापक संघ इकाईका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहभागीको तर्फबाट अग्रसर आमा समूहकी सचिव शिला क्षेत्रीले क्याम्पसका कार्यक्रमहरूमा सामेल हुन पाउनु समूहको लागि गर्वको विषय रहेको बताउनुभयो। कार्यक्रममा अग्रसर आमा समूह र सहिद पार्क टोल विकास संस्थाको पनि उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवंम क्याम्पस प्रमुख केशव राज काफ्लले "क्याम्पस सरसफाई र हरियालीमा प्राध्यापक संघको पहल सराहनीय छ। समुदायसँगको सहकार्य अझ प्रभावकारी बनोस्" भन्दै शुभकामना व्यक्त गरे l
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि, SQMC सदस्य तथा विद्यार्थीहरूद्वारा विभिन्न जातका बिरुवा रोपण र क्याम्पस परिसर सरसफाई गरिएको थियो। सहभागीहरूले वातावरण संरक्षणका लागि यस्तो कार्यले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रम समापनको क्रममा हरि प्रसाद सुवेदीले "शिक्षकहरूका हकहितसँगै क्याम्पसको वातावरण संरक्षणमा योगदान दिन पाउनु गौरवको विषय हो। यस्तो कार्यक्रमले सामूहिक सहभागितालाई प्रोत्साहन गर्छ" भन्दै कार्यक्रम समापन गरेका थिए l

प्रतिक्रिया दिनुहोस