
समाचार कुञ्ज कावासाेती
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–५ लक्ष्मिनगरमा बसोबास गर्दै आएकी ५२ वर्षीया गोमा राना आज मिति २०८२ असार २३ गते बेलुका करिब ५:३० बजे आफ्नै घरबाट अचानक निस्केपछि अहिलेसम्म घर फर्किन सकेकी छैनन्। सुस्त मानसिक स्थितिकी गोमा राना आफैं एक्लै घरबाट बाहिरिएकी थिइन् भने त्यसयता आफन्त वा चिनजानको कसैसँग पनि सम्पर्कमा आउन सकेकी छैनन्।
परिवारजनहरू अत्यन्तै चिन्तित रहेका छन् र उनका आफन्तले सम्भावित स्थानहरूमा खोजी जारी राखेका छन्। हराउँदा उनीले खैरो रंगको हाफ टिसर्ट, कालो रंगको हाफ अलादिन पाइन्ट र सुन्तला रंगको उनिको सल लगाएकी थिइन्। गहुँगोरो वर्ण र झन्डै ५ फिट २ इन्च उचाइ भएकी गोमा रानालाई कतै देख्नुभएमा वा जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा उनका आफन्त गम बहादुर सारुलाई ९८००७४४७३८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्भावित दुर्घटना टार्न समयमै सहयोग पुर्याउन सकिने भएकाले जो कसैले देखे सुनेमा तत्काल जानकारी दिन परिवारजनले हार्दिक अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस