
समाचार कुञ्ज समर रानाभाट नवलपुर,
कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौदीकाली २, डेडगाउँ, नवलपरासी (पूर्व) को शाखा डेडगाउँमा वार्षिक खाताबन्दीका कारण आज असार ३२ गते साँझ ४ बजेबाट भोलि साउन १ गते साँझ ५ बजे सम्म Mobile Banking तथा QR को सेवा बन्द हुने भएको छ।
संस्थाले सबै शेयर सदस्य तथा ग्राहकलाई सो जानकारी दिँदै आवश्यक कारोबार समयमै गर्न अनुरोध गरेको छ। यसबीचमा सञ्चालन हुने सम्पूर्ण विद्युतीय कारोबारहरू पनि अस्थायी रूपमा स्थगित गरिने सूचनामा उल्लेख छ।
संस्थाका व्यवस्थापक यादव प्रसाद आेझा द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “सहकारीको वार्षिक खाताबन्दीको प्रक्रिया सहज बनाउनका लागि यो निर्णय गरिएको हो।”

प्रतिक्रिया दिनुहोस