आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

गाइजात्रामा कावासोतीमा नगरपालिकामा स्थानीय विदा 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ४२ पाठक संख्या
  • नवलपुर । नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिकाले स्थानीय विदा गरेको छ । 
    कावासोती नगरपालिकाले आज एक सूचना जारी गरी साउन २५ गते परेको नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिका भित्र रहेको सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा स्थानीय विदा दिएको हो । 
    कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालद्वारा जारी सूचनामा सांस्कृतिक पर्व गाईजात्राको शुभकामना व्यक्त गर्दै साउन २५ गते पर्न गएको नेवार जातिको सांस्कृतिक पर्व गाईजात्राको पावन अवसरमा कावासोती नगरपालिका अन्तरगतका सबै सरकारी कार्यालय शैक्षिक संघसंस्थाहरुलाई उक्त दिन स्थानीय विदा गरिएको सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भनिएको छ । 
    यस अघि नेवाः देय दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ,  उपाध्यक्ष भवि श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ, सदस्यह भोजराज श्रेष्ठ लगायतको टोली गएर कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै उक्त दिन सार्वजनिक विदा दिन माग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट