समाचार कुञ्ज भिमाद (तनहुँ) — नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तनहुँको भिमादमा आउने भएका छन्।






सहिद कल्याण खनालको स्मृति दिवसको अवसरमा भिमादमा निर्माण गरिएको खनालको अर्धकद शालिकसहितको स्मारक पार्कको अनावरण आगामी साउन २७ गते देउवाले गर्ने कार्यक्रम तय भएको काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो। उक्त कार्यक्रम नेपाली काँग्रेस तनहुँको आयोजनामा र सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानको व्यवस्थापनमा हुनेछ।
बिहान ११:३० बजे भिमाद नपा ७ स्थित शहिद कल्याण खनालको शालिक अनावरण र त्यसपछि भिमाद नगर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति सभाहुने नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस