आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मतदाताको रोजाइमा तिलक महत, “भरोसा जित्ने गरी काम गर्छु”


  • समाचार कुञ्ज
  • २०८२ माघ २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३६ पाठक संख्या
  • नवलपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको छ । नेकपा एमालेका उम्मेदवार तिलक महत यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । गाउँ–टोलदेखि बजारसम्म पुगेका महतले आफू मतदाताको रोजाइमा परेको दाबी गर्दै भरोसा जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया पाएको बताउँदै महतले भन्नुभयो, “जनताको विश्वास मेरो सबैभन्दा ठूलो शक्ति हो । त्यो भरोसा कुनै पनि हालतमा तोड्ने छैन ।” उहाँले नवलपुर–२ को समग्र विकासका लागि आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

    महतले आफू जनताको प्रतिनिधि हुँदा र नहुँदाको फरक जनताले महसुस गरिसकेको दाबी गर्नुभयो । “सदनमा होस् या सडकमा, मैले सधैं नवलपुरको आवाज बुलन्द गरेको छु । यसपटक अझ सशक्त ढंगले विकासको एजेन्डा अघि बढाउनेछु,” उहाँले भन्नुभयो ।

    नवलपुरको कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, खेलकुद पूर्वाधार विस्तार र दिगो पूर्वाधार विकास आफ्नो प्राथमिकतामा रहेको महतले उल्लेख गर्नुभयो । जिल्लाका जटिल समस्या र सम्भावनाबारे आफू पूर्ण जानकार रहेको बताउँदै ती मुद्दा केन्द्रसम्म पुर्‍याई समाधानका लागि निर्णायक पहल गर्ने उहाँको प्रतिवद्धता छ ।

    आज कावासोती, मध्यविन्दु लगायतका क्षेत्रमा पुगेर महतले मतदातासँग सुझाव संकलन गर्नुभएको थियो । जनताको सपना र आवश्यकतालाई आफ्नो चुनावी योजना बनाउने बताउँदै उहाँले नवलपुरको समृद्धि यात्रामा सबैलाई साथ दिन आह्वान गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट