आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

रानाभाट/भाट समाज नेपालको आजीवन सदस्यता अभियानमा जोडिन अपिल


  • समाचार कुञ्ज
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • १९ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । रानाभाट/भाट समाज नेपालको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज विधिवत् स्वीकृति प्रदान गरेको छ । विधान संशोधन स्वीकृत भएसँगै समाजमा आजीवन सदस्यता ग्रहण गर्ने स्पष्ट र विधानसम्मत बाटो खुलेको समाजले जनाएको छ । समाजको ‘छैटौँ केन्द्रीय महाधिवेशन’ बाट विधान संशोधन गरी आजीवन सदस्यता सम्बन्धी व्यवस्था थप स्पष्ट र व्यवस्थित गरिएको छ । समाजले यो उपलब्धिलाई केवल विधान संशोधनको विषयका रूपमा मात्र नभई समाजप्रतिको अपनत्व, माया, जिम्मेवारी र एकताको भावलाई अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । समाजका अग्रज, युवा, महिला तथा सम्पूर्ण रानाभाट/भाट बन्धुहरूलाई समाजसँग जोडिन, समाजको सुख-दुःखमा साथ दिन तथा संस्थालाई बलियो बनाउन योगदान गर्न आह्वान गरिएको छ । समाजले आफ्ना लागि मात्र नभई सन्तति तथा भावी पुस्ताका लागि सुदृढ, संगठित र गौरव गर्न लायक समाज निर्माण गर्न सबैको साझा भूमिका आवश्यक रहेको जनाएको छ।

    ghiring

    ghiring

    समाजले ५ हजार १ रुपैयाँ मात्र सदस्यता शुल्क तिरेर आजीवन सदस्य बन्न सम्पूर्ण बन्धुहरूमा हार्दिक अपिल गरेको छ । आफू मात्र सदस्य नबनी आफ्नो परिवारलाई समेत समाजसँग जोड्न आग्रह गरिएको छ । आजीवन सदस्यले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने छैन । आजीवन सदस्यताबाट प्राप्त रकमको निश्चित हिस्सा सम्बन्धित भूगोलमा समाजको संगठन विस्तार तथा प्रोत्साहनका लागि उपयोग हुने व्यवस्था पनि गरिएको छ । संशोधित विधानअनुसार आजीवन सदस्यबाट प्राप्त रकममध्ये सदस्य सिफारिस भई आएको भूगोललाई प्रोत्साहनस्वरूप २० प्रतिशत रकम प्रदान गरिने व्यवस्था रहेको छ । समाजले आज गरिएको सानो योगदानले भोलिका सन्ततिलाई आफ्ना अग्रजहरूले समाजलाई एकताबद्ध, बलियो र व्यवस्थित बनाएर हस्तान्तरण गरेको गर्व गर्ने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरेको छ । ‘समाज हाम्रो साझा घर हो । यसको सुख हाम्रो सुख हो, यसको सम्मान हाम्रो सम्मान हो र यसको भविष्य हामी सबैको साझा जिम्मेवारी हो’, समाजको अपिलमा भनिएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण रानाभाट/भाट बन्धुहरूलाई आजीवन सदस्यता ग्रहण गरी समाजको अभियानमा जोडिन आग्रह गर्दै समाजले ‘हामी जोडियौँ भने समाज बलियो हुन्छ, समाज बलियो भयो भने हाम्रो पहिचान बलियो हुन्छ र हाम्रो पहिचान बलियो भयो भने भावी पुस्ताको भविष्य सुरक्षित हुन्छ’ भन्ने सन्देश दिएको छ । समाजले अपनत्वलाई सदस्यता, सदस्यतालाई जिम्मेवारी र जिम्मेवारीलाई बलियो समाज निर्माणमा रूपान्तरण गर्न सबैलाई आह्वान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट