आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

रानाभाट समाज नवलपुरद्वारा ९ विद्यार्थी र ज्येष्ठ नागरिक सम्मानित


  • समाचार कुञ्ज
  • २०८३ आश्विन २५, आईतबार मा प्रकाशित ५ दिन अघि
  • २० पाठक संख्या
  •  

    गैँडाकोट, २५ असोज।

    रानाभाट समाज नवलपुर जिल्ला कार्यसमितिले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा एसईई परीक्षामा ए र ए प्लस ल्याउने ९ जना विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। रानाभाट समाज गैँडाकोट इकाइको भवनमा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक उपलब्धिको कदर गर्दै आगामी दिनमा थप प्रगति गर्न हौसला र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको हो।

    रानाभाट समाज नवलपुरका अध्यक्ष विष्णु प्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष हरि रानाभाट प्रमुख अतिथि थिए। कार्यक्रममा समाजका बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो।

    विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममा समाजमा भइरहेका गतिविधिलाई एकताबद्ध भएर अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। समाजको विकास र सामाजिक कार्यलाई प्रभावकारी बनाउन सबै बन्धुबीच एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बताइएको थियो।

    कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष मन बहादुर रानाभाट, केन्द्रीय कोषाध्यक्ष राजु रानाभाट, केन्द्रीय सल्लाहकार बलराम रानाभाट र पूर्ण बहादुर रानाभाट, केन्द्रीय सदस्य रामभक्त रानाभाट, सूर्य बहादुर रानाभाट, प्रभु रानाभाट र भोजराज रानाभाटले शुभकामना मन्तव्य राखेका थिए।

    त्यसैगरी, रानाभाट समाज गण्डकी प्रदेशका सहकोषाध्यक्ष सन्त बहादुर रानाभाट, रानाभाट समाज चितवनका अध्यक्ष नारायण रानाभाट तथा नवलपुरका संस्थापक अध्यक्ष तुलराम रानाभाटलगायतले शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष पशुपति रानाभाटले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम रानाभाटले गरेका थिए।

    समाजले यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई शैक्षिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र बन्धुहरूबीच आपसी एकता कायम गर्ने सन्देश दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑