आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमाले नवलपुरको नवौं अधिवेशन आज देखि : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


  • समाचार कुञ्ज
  • २०८० चैत्र २६, सोमबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपुर जिल्लाको नवौं जिल्ला अधिवेशन उदटन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।

    अध्यक्ष ओलीको सचिवालयका अनुसार कावासोतीमा हुने जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विहान १०.१५ बजे भरतपुर जाने कार्यक्रम छ । संविधान जारी भएसँगै नवलपरासी जिल्लालाई दुई भागमा बाँडेर पूर्वी नवलपरासीलाई अलग्गै जिल्लाको पहिचान दिइएको हो ।

    कावासोतीको पानस पार्टी प्यालेसमा आयोजना हुने उदटन कार्यक्रममा खुलासभाको कार्यक्रम हनुेछ । नवलपुरका पहाडी क्षेत्रका दुई सहित ८ वटा स्थानीय तह रहेका छन् । उद्घाटन कार्यक्रममा जिल्लाभरीबाट कार्यकर्ताहरुको सहभागिता रहने एमाले नवलपुरले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट