
समाचार कुञ्ज भरतपुर ।चितवनमा बाघले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको भरतपुर महानगरपालिका २८ का विभिन्न टोलमा बाघ देखिन थालेपछि स्थानियमा त्रास बढेको छ। स्थानीयहरुका अनुसार पोथी बाघले रातको समयमा पटकपटक बस्ती पस्ने गरेको छ । गएराती मात्र बाघ दुई पटक बस्ती पसेको उनिहरु बताउँछन् ।
स्थानिय मुमाकान्त सापकोटाका अनुसार राती दुई पटक पोथी बाघ गाउँ पसेको र जनावर मारेको छ । सोही स्थानका मणीभद्र सापकोटाको दुई बाख्रा मारेको छ भने एक खसी सख्त घाइते भएको छ ।गाउँ नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज स्थित मध्यवर्ती क्षेत्रबाट आएर बाघले रातीको समयमा किसानले पालेका जनावरहरु खान थालेको हो ।
वनको छेउछाउमा बस्ती भएकाले अधिकांश महिलाहरु कृषि र पशुपालन गर्ने गर्दछन । निकुञ्ज प्रशासनलाई खबर गरेर बाघ आतङ्क नियन्त्रण गर्ने प्रयास गरिएको राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विशाल कुमालले जानकारी गराउनु भएको छ ।नवलपुर प्रेस बाट

प्रतिक्रिया दिनुहोस