
समाचार कुञ्ज प्रिय धन , १६ जेठ २०८१
पूर्वी नवलपरासीमा विद्यार्थी चढेको भ्यान आगलागी भएको छ l कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहमा रहेको रहेको लर्ड बुद्व बोर्डिङ स्कुलको भ्यानमा आगलागी भएको प्रहरीले जनाएको छ l
दिउँसो सवा तीन बजेतिर विद्यालयको बा ७ च ५९९३ नं.को भ्यान मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अडकिन गई घर्षण हुँदा आगलागि भएको प्रहरीले जनाएको छ l
आगो निभाउने क्रममा सवारी चालक कावासोती १० मगरकोट बस्ने वर्ष २८ का रोहित महतोको दुबै हात जलेको प्रहरीले जनाएको छ l सबै सकुसल रहेको पनि प्रहरीले बताएको छ l भ्यान भने पूर्णरुपमा जली नष्ट भएको र अन्दाजी पांच लाख रुपैयाँ बराबरको क्षति भएको नवलपुर प्रहरीले जनाएको छ l घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ l

प्रतिक्रिया दिनुहोस