आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नेकपा एमाले भिमादको अध्यक्षमा इमान बिजयी


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • नेकपा एमाले भिमाद नगर कमिटीको अध्यक्षमा इमानबहादुर थापा बिजयी भएका छन् । भिमाद नगर कमिटीको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमबार राती भएको निर्वाचनमा थापा बिजयी भएका हुन् ।

    बिजयी थापाले १४६ मत पाएका थिए भने अर्का उम्मेदवार उज्वल खनालले ८९ मत पाएका थिए । त्यसैगरि उपाध्यक्षमा चतुरभुज सुवेदीले १६५ मत पाई बिजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार निमकान्त पौडेलले ७० मत पाएका थिए । त्यसैगरि महिला उपसचिवमा नारायणी गैह्रे लामिछानेले १६९ मत पाई बिजयी भईन् । महिला उपसचिवकी अर्की उम्मेदवार चन्द्रावती श्रेष्ठले ६१ मत पाईन् ।

    सचिवमा भिमसेन थापा बलु र खुल्ला उपसचिवमा दिनेश थापा भने सर्वसम्मत निर्वाचित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट