आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बधाई दिँदा खादा–माला प्रयोग नगर्न अनुरोध गर्छुः प्रधानमन्त्री ओली


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा-माला प्रयोग नगर्न अनुरोध गर्छु।

    शुभकामना दिन दैनिक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूका शुभेच्छुकहरूको भिड लाग्न थालेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।नारायणी अनलाइनबाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट