आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पुष्पलाल स्मृती दिवसमा घिरिङमा वृक्षारोपण गरिने


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • देवघाट, साउन ६

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा तनहुँ जिल्लाभर विभिन्न कार्यक्रम गरिने भएको छ । नेकपा एमाले स्थानीय तह कमिटिको आयोजनामा तनहुँका विभिन्न स्थानीय तहमा विभिन्न कार्यक्रम गरिने भएको हो ।

    यसै अवसरमा नेकपा एमाले व्यास नगर कमिटिले सोमबार दमौलीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । विहान ७.३० बजे अनसन चौतारीमा रक्तदान कार्यक्रम कार्यक्रम गरिने एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेले बताए । उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न अध्यक्ष पाण्डेले एमालेका नेता तथा कार्यकर्ता तथा अन्य सुभेच्छुक तथा सर्वसाधरणहरुमा अनुरोध गरेका छन् ।

    यसैगरि यसै अवसरमा देवघाटमा बृक्षारोपण गरिने भएको छ । नेकपा एमाले देवघाट गाउँ कमिटिको आयोजनामा देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित मधुवन सामुदायिक वनको पिकिनिक स्थलमा विहान ७.३० बजे वृक्षारोपण कार्यक्रम गरिने एमाले देवघाटका सचिव सान श्रेष्ठले बताए । उक्त कार्यक्रममा उपस्थिती हुन नेकपा एमालेका कार्यकर्ता तथा सुभेच्छुकहरुलाई आमन्त्रण गरिएको सचिव श्रेष्ठले बताए ।

    यसै अवसरमा नेकपा एमाले घिरिङ गाउँ कमिटिको आयोजनामा घिरिङमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट