आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

संसद अवरोध जारी राख्ने माओवादी निर्णय


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकको अवरोध कायम राख्ने निर्णय गरेको छ ।

    एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको विषय संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

    संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा माओवादीले पार्टी वैठकमा छलफलका लागि समय मागेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको वैठकले माओवादी हिंसा भन्ने शब्दको रेकर्ड नहटाएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट