आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन इमान्दारीताका साथ लागौं – एमाले नेता गिरी


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य विद्रोही गिरीले एमालेलाई राष्ट्रिय बलियो शक्तिको रुपमा देख्नका लागि आम कार्यकर्ता इमान्दारिताका साथ समाजको रुपान्तरणको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं. ३ को दोश्रो वडा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

    एमालेले ५१ प्लसको अवधारणा सहित कार्यक्रमहरु अगाडि बढाएकाले वडास्तरमा त्यसको उपलब्धिका लागि खटिनुपर्ने उहाँले बताउनुभयो । वडामा हुने विकास निर्माण, सामाजिक संघ संस्थामा हुने प्रतिनिधित्व, किसानका कुरा एमाले कार्यकर्ताको प्राथमिकता बिषय बन्दा मिसन चौरासी पुरा गर्न कुनै समस्या नहुने युवा नेता गिरीले बताउनुभयो । पार्टी सरकारमा भएका बेला गरेका राम्रा र उपलब्धिमुलक कार्यक्रम र योजनाका बारेमा आम नागरिकलाई सुसूचित गराउने काम वडा स्तरमा रहेका नेता कार्यकर्ताले गर्नुपर्छ उहाँले भन्नुभयो–‘आफ्ना नेतृत्वमा भएका सबै तहका सरकारले गरेका राम्रा कामको प्रचार गर्नुहोस् पार्टीमा आकर्षण बढ्छ’ ।राजनीतिमा यूवाहरुको आकर्षण गराउनु र उनीहरुलाई आफै माटोमा केही गरौ गरौं भन्ने हुटहुटीको विकास गराउन सबै कार्यकर्ताहरु एकताबद्ध ढङ्गले काममा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

    अधिवेशनले बिष्णुबहादुर कुमालको अध्यक्षतामा नयाँ वडा कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा तिलबहादुर सारुमगर, सचिवमा सन्तोषराज नन्द , उपसचिव ( महिला) बिष्णुमाया नेपाली, उपसचिव हेमलाल कुमाल रहेको कमिटी चयन गरेको हो ।

    वडाध्यक्ष दामोदर कुमालको अध्यक्षतामा भएको अधिवेशनमा, यूवा नेता गिरी, पूर्व जिल्ला लेखा कमिटीका सदस्य कोषराज पौड्याल, पूर्व जिल्ला सल्लाहकार पदम कुमाल लगाएका नेता कार्यकर्ताहरुले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट