आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

घिरिङमा एमालेको चुनावमुखी विस्तारित बैठकसम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ माघ १७, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ४७ पाठक संख्या
  • प्रकाश चन्द्र भट्टाराई ,तनहु क्षेत्र नम्बर २ अन्तर्गत घिरिङ गाउँपालिकामा नेकपा एमालेको चुनावमुखी विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि पार्टीका कार्यकर्ता परिचालन र निर्वाचन परिचालन कमिटि गठन गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको थियो ।उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य, तनहुँ इन्चार्ज एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले तनहुँ क्षेत्र नम्बर २ को समस्या एमाले बाहेक अरुले समाधान गर्न नसक्ने बताए । उनले आफु यसै क्षेत्रको उम्मेदवार भएको र जनतासँगको सुमधुर सम्बन्ध नै आफ्नो जितको आधार भएको दाबी गरे । आफू टुरिष्ट उम्मेदवार नभएकाले जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ ।समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने सिग्देलले बताए । ‘मैले मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’यो निर्वाचन देश बचाउने र देश जलाउने विच हुन लागेको हुँदा देश बचाउनेको पक्षमा परिणाम निकाल्नुपर्ने बताए । देश बचाउने शक्ति एमाले मात्र भएको हुँदा एमालेलाई जिताउन सम्पुर्ण कार्यकर्ता पुर्ण परिचालित हुनुपर्ने सिग्देलले बताए ।qनेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य होमबहादुर थापा, जिल्ला कमिटिका उपाध्यक्ष एवं क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटिका संयोजक राजेश्वर ढकाल, जिल्ला सचिवालय सदस्य इन्द्र थापा, प्रदेश कमिटिका पुर्व सदस्य विष्णु भक्त सिग्देल लगायतले मन्तव्य राखेका थिए ।उक्त बैठकमा गाउँ कमिटि अध्यक्ष सुमनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट