
समाचार कुञ्ज दमौली १९,माघ । नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्राईले नयाँ दलका नेताले छरेको भ्रममा नपर्न आग्रह गरेका छन् ।






नयाँ राजनीतिक दलका नेताहरुले भ्रम छरेर मतदातालाई झुक्याउने काम गरिरहेको समेत भट्राईको भनाई रहेको छ । सो कुरा भट्राईले नेपाली कांग्रेस १ नम्बर वडा कार्य समितिद्धारा आयोजित चुनावी कार्यक्रममा बताएका हुन् । नयाँ भनेका राजनीतिक दलहरु समेत पटक—पटक निर्वाचन लडिसकेको हुँदा उनीहरु समेत पुरानो भईसकेको भट्राईको भनाई रहेको थियो । हिजो आफू पदमा नरहँदा समेत क्षेत्र नं १ को विकास लागि मरिमेटेर लागि परेको हुँदा निर्वाचित भएको खण्डमा अझ प्रतिवद्ध भएर लाग्ने समेत भट्राईको भनाई रहेको थियो ।
तनहुँमा भएका अधिकांश विकास निर्माण कांग्रेसको अगुवाईमा भएको मतदाताले यस पटक कांग्रेसलाई नै भोट दिन भट्राईले आग्रह गरेका थिए । वडा कार्य समितिका सभापति दिलबहादुर दरैको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश पन्थ ,वडा कार्य समितिका उपसभापति सोमराज सिग्देल लगायतले बोलेका थिए । भेलामा सहभागीहरुले विभिन्न किसिमका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस