
समाचार कुञ्ज भिमाद नगरपालिका–७ बरपिपल निवासी दुर्गा बहादुर परियारको परिवारलाई जन्मदिनको अवसर पारेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।

दुर्गा बहादुर परियारको श्रीमती अपाङ्ग हुनुका साथै उनका छोरा पनि अपाङ्ग रहेका छन्। दुर्गा बहादुरको उमेर ७० वर्ष नाघिसकेको कारण परिवारको जीविकोपार्जन गर्न कठिनाइ भइरहेको समाचार सार्वजनिक भएपछि सहयोग गरिएको हो।
सहयोगदाता सुनिता गहतराज लामो समय देखि भिमाद बजारमा राडरूड सुनचांदी पसल संन्चालन गर्दै आउनुभएको छ। आफ्नो केहि हिस्सा दान पुण्यमा खर्च गर्ने उदेस्यले पमि जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी उक्त रकमबाट परियार परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको बताउनुभयो। उहाँले जन्मदिनलाई केवल उत्सवका रूपमा नभई सामाजिक सेवाको अवसरका रूपमा उपयोग गर्नुपर्ने सन्देशसमेत दिनुभयो।
स्थानीयवासीहरूले गहतराजको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले विपन्न तथा असहाय परिवारलाई ठूलो राहत पुग्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस