आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

भिमादमा भोलिबाट ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने , ६ टिमको सहभागिता


  • समाचार कुञ्ज
  • २०८३ अषाढ १६, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • ३६ पाठक संख्या
  • भिमाद, तनहुँ। पिरुङ्ग स्पोर्ट्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा सञ्चालन हुन लागेको ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज सम्पन्न भएको छ।

    ghiring

    ghiring

    पत्रकार सम्मेलनमा प्रतियोगिता असार १७ गतेदेखि २० गतेसम्म सञ्चालन हुने र लिग कम नकआउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ।
    क्लबका अध्यक्ष विवश आलेका अनुसार प्रतियोगितामा तनहुँ भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरुङ्ग स्पोर्ट्स क्लब भिमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरी ६ टोलीको सहभागिता रहनेछ।
    प्रतियोगिताको विजेता टोलीले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८, तृतीय हुने टोलीले रु. ४४ हजार ६८ तथा सान्त्वना हुने टोलीले रु. २२ हजार ६८ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
    यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ६८ नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु. ३ हजार ६८ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
    कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले खेलकुद युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि भिमाद नगरपालिकाको आवश्यक साथ, सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    त्यसैगरी, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले यस्ता प्रतियोगिताले स्थानीय खेलकुद, पर्यटन तथा व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताका लागि उद्योग वाणिज्य संघको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो।
    आयोजकका अनुसार प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
    यस प्रतियोगिताको ‘६८ करोड कप’ नामकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवश आलेको उपनामबाट गरिएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट