
समाचार कुञ्ज

भिमाद नगरपालिका ६ बसपार्क चोकमा जिम्माल फेमिलीद्वारा सञ्चालनमा ल्याइएको फेमिली मार्ट को शुभारम्भ कार्यक्रम भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष श्याम सुन्दर जोशी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य हस्त खड्का, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदी, महासचिव उमाकान्त श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, स्थानीयवासी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फेमिली मार्टले ग्राहकहरूलाई दैनिक उपभोग्य संग सम्बन्धित गुणस्तरीय सामग्री, उचित मूल्य र उत्कृष्ट सेवा प्रदान गर्दै विश्वासिलो किनमेल केन्द्रको रूपमा स्थापित जनाएको छ।
प्रतिक्रिया दिनुहोस