आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

कालिगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माण सुरु


  • समाचार कुञ्ज
  • २०८३ अषाढ ७, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३५ पाठक संख्या
  • नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–२, स्थित कालिगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको छ । गाउँपालिकाले कालिगण्डकी नदी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बालिघाट क्षेत्रबाट पदमार्ग निर्माणको काम अघि बढाएको हो ।
    प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । उहाँका अनुसार कालिगण्डकी नदीको मनोरम दृश्यावलोकन गर्दै हिँड्न मिल्ने गरी निर्माण गरिने पदमार्गले धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकआपसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरेका हौँ,’ अध्यक्ष ओझाले भन्नुभयो । उहाँले पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहज हुने र स्थानीय आर्थिक गतिविधिसमेत चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो।
    गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालिघाटस्थित आँप बगैँचा, कालिगण्डकी किनार वर, पिपल स्वामीँ चौतारी, गैडाअल्प झरना, चम्के ओडार लगायतका प्राकृतिक तथा धार्मिक महत्वका स्थानसँग जोड्ने लक्ष्य राखेको छ । साथै भविष्यमा यस पदमार्गलाई जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित अकलादेवी मन्दिरसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–२, स्थित कालिगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको छ । गाउँपालिकाले कालिगण्डकी नदी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बालिघाट क्षेत्रबाट पदमार्ग निर्माणको काम अघि बढाएको हो ।
    प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । उहाँका अनुसार कालिगण्डकी नदीको मनोरम दृश्यावलोकन गर्दै हिँड्न मिल्ने गरी निर्माण गरिने पदमार्गले धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकआपसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरेका हौँ,’ अध्यक्ष ओझाले भन्नुभयो । उहाँले पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहज हुने र स्थानीय आर्थिक गतिविधिसमेत चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो।
    गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालिघाटस्थित आँप बगैँचा, कालिगण्डकी किनार वर, पिपल स्वामीँ चौतारी, गैडाअल्प झरना, चम्के ओडार लगायतका प्राकृतिक तथा धार्मिक महत्वका स्थानसँग जोड्ने लक्ष्य राखेको छ । साथै भविष्यमा यस पदमार्गलाई जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित अकलादेवी मन्दिरसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
    हाल पदमार्गका लागि ट्र्याक खोल्ने काम भइरहेको छ । निर्माण कार्यलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रम मार्फत समेत आवश्यक जनशक्ति परिचालन गरी योजनालाई थप व्यवस्थित बनाइने गाउँपालिकाको तयारी छ । यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
    नवलपुरको पहाडी क्षेत्रको प्रमुख स्थानीय तहका रूपमा रहेको बौदीकाली गाउँपालिकाको केन्द्र डेढगाउँ पछिल्ला वर्षहरूमा क्रमशः विकासको केन्द्र बन्दै गएको छ । कालिगण्डकी करिडोर सडक निर्माण भएसँगै यहाँसम्मको यातायात पहुँच सहज बनेको छ भने व्यापारिक तथा सामाजिक गतिविधिसमेत विस्तार हुँदै गएका छन् ।
    यही सम्भावनालाई दृष्टिगत गर्दै गाउँपालिकाले नयाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको हो । पदमार्ग निर्माण सम्पन्न भएपछि डेढगाउँ आउने पर्यटकले कालिगण्डकी नदीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, झरना, ओडार तथा चौतारीहरूको अवलोकन गर्दै पदयात्राको आनन्द लिन सक्ने अध्यक्ष ओझाले बताउनुभयो ।
    अध्यक्ष ओझाका अनुसार भविष्यमा डेढगाउँ क्षेत्रमा जनघनत्व र मानव गतिविधि बढ्दै जाँदा यो पदमार्ग बिहान–बेलुकाको हिँडाइ, मनोरञ्जन, स्वास्थ्य प्रवद्र्धन तथा प्रकृतिसँग समय बिताउने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुनेछ । स्थानीयवासी पनि यस योजनाप्रति उत्साहित देखिएका छन् । पदमार्ग निर्माणले कालिगण्डकी किनारको प्राकृतिक सौन्दर्य संरक्षणसँगै धार्मिक तथा पर्यटकीय गतिविधि विस्तार गरी बौदीकाली गाउँपालिकाको पहिचान थप स्थापित गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट