
समाचार कुञ्ज तनहुँ, ९ असार
तनहुँको घिरिङ गाउँपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा लागुप्रदार्थ दुव्र्यसन तथा बालविवाहविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। घिरिङ गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालय पोखरीछापको आयोजनामा तथा प्रहरीचौकी घिरिङको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
‘सबै मिली लागुप्रदार्थ र बालविवाह अन्त्य गरौं’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागुप्रदार्थ सेवनका असर, दुव्र्यसनबाट हुने सामाजिक तथा व्यक्तिगत क्षति, बालविवाहका कानुनी तथा सामाजिक परिणाम र त्यसको रोकथामका उपायबारे जानकारी दिइएको थियो।
सहभागीहरूलाई बालविवाह र लागुप्रदार्थ दुव्र्यसन समाजका गम्भीर समस्या भएकाले त्यसको नियन्त्रण र अन्त्यका लागि समुदाय, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको जानकारी गराइएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमराज सिग्देललगायत शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो। आयोजकले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक व्यवहार विकास गर्न तथा सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस