आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

घिरिङमा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविरमा ३४५ जनाले स्वास्थ्य परिक्षण गराए


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित १२ महिना अघि
  • २७ पाठक संख्या
  • समर रानाभाट , २३ जेठ 

    घिरिङ गाउँपालिका–५ स्थित कामधेनु माध्यमिक विद्यालयमा  बिहिबार छातीरोग सम्बन्धी खोजपड्ताल निःशुल्क एक्सरे शिविर सञ्चालन भएको छ । घिरिङ  गाउँपालिकाको समन्वय तथा व्यवस्थापन, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य तनहुँको संयुक्त आयोजनामा जेठ  २२ गते उक्त शिविर सञ्चालन भएको हो । उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिएको थियो । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कृ्ष्ण प्रसाद रिमालले जानकारी दिए । 

    एक्सरे द्वारा छातिरोग सम्बन्धि उक्त खोजपडताल शिबिरमा जम्मा ३४५ जनाले जाँच गरेकोमा १४ जना पोजेटिभ देखिएको छ । परिक्षण गरएका २७ जनाको शंकास्पद क्षयरोगिको खकार परिक्षणका लागि प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाइएको  छ । १४ जना क्षयरोगि बिरामीलाई उपचारको दायरामा ल्याइयको घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाले बताए ।

    वडा नं ५ का वडा अध्यक्ष विष्णु विर आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले गरेका थिए।अध्यक्ष थापाले  स्वास्थ्य परीक्षणको महत्त्व र हस्पिटल जान नसक्ने नागरिकलाई नजिकैको शिविरमा सहभागी हुन आग्रह गरे।

    यस कार्यक्रममा कामधेनु मा.वि.का प्र.अ. बल बहादुर आले  वडा नं. ५ का वडा सदस्य,समाजसेवीको उपस्थिति रहेको थियो।कार्यक्रममा स्वागत मन्तव्य साभुङ स्वास्थ्य  चौकी प्रमुख मन प्रसाद रानाभाटले राखेका थिए भने कार्यक्रम सञ्चालन स्वास्थ्य प्रमुख कृष्ण प्रसाद रिमाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट