
समाचार कुञ्ज






दीपेन्द्र रेग्मी, जेठ ९, कावासोती ।
हुप्सेकोटको शंखदेवमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधि प्रयोग गरी छाती रोग सम्बन्धी खोजपडताल कार्यक्रम सञ्चालन हुने भएको छ।
नवलपुरको हुप्सेकोट गाउँपालिका तथा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा कार्यक्रम २०८३ जेठ १२ गते सोमबार हुप्सेकोट ८, शंसदेवमा अवस्थित धोबादी स्वास्थ्य चौकीमा आयोजना गर्न लागिएको हो ।
यो कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई एआई आधारित एक्स रे मार्फत छाती रोग जस्तैः क्षयरोग, निमोनिया लगायतको निःशुल्क जाँच गरिने हुप्सेकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
छ। प्रादेशिक क्षयरोग केन्द्र, गण्डकी प्रदेश, नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको यो कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो कार्यक्रमले विशेष गरी ग्रामीण क्षेत्रका नागरिकहरूलाई आधुनिक प्रविधिमार्फत स्वास्थ्य जाँचको अवसर प्रदान गर्नेछ। स्वास्थ्य जाँच गर्न चाहने स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस