आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

कर्णालीले जित्याे एभरेस्ट महिला भलिबल लिग


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ३९ पाठक संख्या
  • काठमाडौं।  कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ। 

    ghiring

    ghiring

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।  कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।पहिलो सेट कर्णालीले  २५–१७ ले आफ्नो पक्षमा पारेको थियाे। दोस्रो सेट पनि २५–२० ले जित्यो ।

    ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्दा खेल लम्बियाे। अन्तिम तथा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पार्‍यो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट