
समाचार कुञ्ज शुभ दिपावलिको २०८१ को पावन अवसरमा बौदीकाली गाउँपालिका वडा नं २ डेढगाँउ कोथर एकता समाजको आयाेजनामा शुद्ध शाविक वडा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नं २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ ज्युले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको हो ।
खेलाडीहरुलाई हाैसला प्रदान गर्ने हेतुले वडाले भलिबल पनि सहयाेग गरिएको थियाे भने खेल १६ गते सम्म जारी रहने आयोजकले बताएका छन् । आजको उद्घाटन खेल आयोजक र मुखिया थर बिच सम्पन भएको छ र खेलको अन्तिम दिन १६ गते स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ साँस्कृतिक कार्यक्रम पनि रहने बताइएको छ ।
pic.lokreporter @himalb.k

प्रतिक्रिया दिनुहोस