आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पोखराले दियो जनकपुरलाई १३९ रनको लक्ष्य, दोस्रो खेलमा पनि भुर्तेल नचल्दा ललितले लिए ३ विकेट


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  •  नेपाल प्रीमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई पोखरा एभेन्जर्सले १३९ रनको विजयी लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन जोड्यो ।

    पोखराका लागि म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे । ३० बलको सामना गरेका उनले ३ चौका र १ छक्का हिर्का । त्यस्तै माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमन रेइफरले १७ रन जोडेको खेलमा ओपनर तथा मार्की खेलाडी कुशल भुर्तेल ६ रनमै आउट भए । उनी पहिलो खेलमा शून्य रनमै गाल्डेन डक आउट भएका थिए ।

    जनकपुरको यो तेस्रो खेल हो भने पोखराको दोस्रो खेल हो । जनकपुरले यसअघि दुवै खेल जितेको छ । भने पोखराले पहिलो खेल हारेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट