आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चौथो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई


  • समाचार कुञ्ज
  • २०८१ पौष २७, शनिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • तनहुँ —चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन् । 

    जिल्लाको ऋषिङ गाउँपालिकाले शनिबार सम्पन्न गरेको म्याराथन प्रतियोगिताको ४२ दशमलव २ किलोमिटर दूरी २ घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गर्दै श्रेष्ठले उपाधि जितेका हुन् । यस्तै, उक्त दूरी २ घण्टा ५९ मिनेट ३६ सेकेण्डमा पार गर्दै आर्मी क्लबकै राजेन मेन्योङ्बो द्वितीय भएका छन् भने आर्मीकै जुनेश खड्काले २ घण्टा ५९ मिनेट ५९ सेकेण्डमा उक्त दूरी पार गर्दै तृत्तीय हुन सफल भए । प्रतियोगितामा ३२ धावक सहभागी थिए । 

    ऋषिङ गाउँपालिकाको प्रवेशद्वार वडा नं. ८ को धारुङदेखि वडा नं. ३ को दुबुङ भ्यूटावरसम्म गरिएको प्रतियोगिताको प्रथमलाई ६५ हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट