आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बुलिङटारमा टेलिकमको टावर निर्माण गर्न सञ्चारमन्त्री गुरुङ ध्यानाकर्षण


  • समाचार कुञ्ज
  • २०८१ माघ ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कावासोती । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चार मन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नंं १ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका वडा नंं ३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता बृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको युवा नेता गिरीले जानकारी दिनुभयो ।कालीगण्डकी कोरिडोर ( गैंडाकोट– बुलिङटार –रामपुर) खण्डमा यात्रा गर्ने यात्रु देखि स्थानीय बासिन्दाले मोवाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार–३ मा रहेको टावरको क्षमता बढाउन आबश्यक देखिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट