आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

लमजुङको बेसीशहर नगरपालिका ९ का वडाअध्यक्ष पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १७, आईतबार मा प्रकाशित ११ महिना अघि
  • ९ पाठक संख्या
  • लमजुङको बेसीशहर नगरपालिका ९ का वडाअध्यक्ष पक्राउ
    लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष खुसीजङ गुरुङलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।
    उनीसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । पक्राउ परेकामा अन्य २ जना बेंसीशहर नगरपालिका वडा नम्बर ८ का विशाल अधिकारी र मोहन तामाङ रहेको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार गत फागुन २५ गते उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता भएपछि उनीहरु फरार रहेका थिए । केही प्रहरीले भने उनीहरु आइतबार बिहान आफैं प्रहरी कार्यालयमा आएको जनाएको छ ।
    गत फागुनमा बेंसीशहरमा आयोजित प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको अन्तिम दिन फागुन १८ गते साँझ स्टेजमा वडाअध्यक्षसहितले तोडफोड प्रयास गर्नुका साथै राती बेंसीशहरको मनाङे चौतारा सडकमा हिँडिरहेका केही युवामाथि कुटपिट गरेको आरोप लागेको छ । केही युवाको कुटपिटबाट वडाअध्यक्ष स्वयम् पनि घाइते भएका थिए ।
    प्रहरी नायव उपरीक्षक बोहराले उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको र पछि छुटेको प्रहरीले जनाएको छ । 

    नोटः
    फोटोलाई आँखा वा अनुहार ब्लोर गरेर प्रयोग गर्नुहोला ।
    थप जानकारीको लागि लमजुङ जिल्ला प्रहरी प्रमुखको मोवाइल नम्बर ९८५६०१५५५५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट