आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पिपलटार : तेस्रो चैते  दशै कप २०८१ वडा स्तरिय  पुरूष  भलिबलको उपाधि ठकुरी समाज भिमाद लाई 


  • समाचार कुञ्ज
  • २०८१ चैत्र २६, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ८ पाठक संख्या
  • अकला देवि युवा क्लव पिपलटारको आयोजनामा तेस्रो चैते  दशै कप २०८१ वडा स्तरिय  पुरूष  भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

    खेल  पिपलटार झ्यापुलथर  बगैचा प्राङ्गणमा वडा स्तरिय पुरुष भलिबल तर्फको प्रथम  भिमाद -३ ठकुरी समाजका खेलाडी हरुले हात  पारेको छ भने पिपलटार युवा क्लव आयोजकले दोस्रो स्थान हात हासिल गरेको छ । चैत २३ गते देखि  चैत २५ गते सम्म सञ्चालित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहको खेल संयोजक अनिल पाटाले जानकारी दिए ।

    प्रथम हुने ठकुरी समाज भिमादको टिमलाई नगद रु ४० हजार , मेडल र प्रमाणपत्र र द्धितिय हुने आयोजक २०  हजार , मेडल र प्रमाणपत्र र तृतीय हुने ऋषिङ -५  टिमलाई १० हजार , मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक पिपलटार युवा क्लबका अध्यक्ष राम बहादुर दरैले जानकारी दिनुभयो । 

    त्यसैगरि प्रतियोगीतामा पुरुष उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको उक्त क्लबका अध्यक्ष दरैले बताउनभुयो ।पिपलटार युवा क्लबका अध्यक्ष राम बहादुर दरैको सभाअध्यक्षतामा गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि समाज सेवी यम बहादुर पाटा रहनु भएको थियो । समापन कार्यक्रममा ऋषिङ -५ का वडा सदस्य  शुक बहादुर दरै , शिक्षक बसन्त गिरी , कृष्ण पाटा, कुल बहादुर दरै लगायतको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट