आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सायन खत्रीको उपचारका लागि जनज्योति क्याम्पस स्ववियू द्वारा ३९ हजार सहयोग 


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • ७ पाठक संख्या
  • वैशाख १०

    शुक्लागण्डकी नगरपालिका–७ निवासी साढे सात वर्षीय सायन खत्रीको बोनम्यारो प्रत्यारोपणका लागि जनज्योति क्याम्पस भिमादमा आर्थिक सहयोग संकलन गरिएको छ। अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनज्योति क्याम्पसको सहकार्यमा जम्मा रु ३९ हजार ३ सय २० आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    सायन खत्री क्यान्सर रोगबाट पीडित छन् र हाल भारतको दिल्लीमा उपचाररत छन्। उनको उपचार खर्च जुटाउन अनेरास्ववियु र स्ववियुले पछिल्ला दिनहरूमा भिमाद बजार, ऋषिङ पाटन तथा वरपरका टोल, चोक र घर–घरमा पुगेर सहयोग संकलन गरेका थिए।

    भिमाद–६ बाट रु २६ हजार ३ सय ३५ 
    र भिमाद–५ ऋषिङपाटनबाट रु १२ हजार ९ सय ८५ गरी जम्मा रु ३९ हजार ३ सय २० संकलन गरिएको हो। संकलित रकम सायन खत्रीका अभिभावकलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

    स्ववियु अध्यक्ष विप्लव भण्डारीले सहयोग हस्तान्तरण गर्दै भने, “हामीले उठाएको रकमले सायनको उपचारमा केही राहत मिल्ने विश्वास लिएका छौं। सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गर्दछौं।” कार्यक्रममा सहभागीहरूले सामाजिक कार्यमा एकजुट भई साथ दिनु पर्नेमा जोड दिँदै सायनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट