आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गोरखामा खुल्ला भलिबल प्रतियोगिता हुदै, पहिलो हुनेले ३ लाख नगद पाउने


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १८, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ८ पाठक संख्या
  • बैशाख २०८२
    गोरखा । बैशाखको अन्तिम साताबाट गोरखा सदरमुकाममा अहिलेसम्मकै ठुलो राशीको भलिबल प्रतियोगिताको आयोजना गरीएको छ ।
    प्रगतिशिल युवा नेपालको आयोजनामा बैशाख २९ गतेबाट खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरीएको हो ।
    जिल्लामा नै अहिलेसम्मको ठुलो राशी रहेको उक्त भविबल प्रतियोगिता ५ जेठ २ गतेसम्म सञ्चालनमा आउने प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष दिपक थापाले बताए ।
    प्रतियोगिताको बारेमा जानकारी दिने उद्वेश्य सहित आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ८ समूहको सहभागिता हुने जानकारी दिए ।
    एनसेल प्रथम गोर्खा कप नाम दिएको प्रतियोगिता प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश. ३ लाख १ लाख ५० हजार र ७५ हजार नगद सहित कप, मेडल र प्रमाण–पत्र पाउने छन् 
    प्रतियोगिता अवधिभर बेष्ट प्लेयर, स्पाइकर, ब्लकर, डिफेन्डर, कोच र सर्भर मध्य प्लेयरले १० हजार नगद सहित कप र प्रमाण–पत्र पाउने छन् भने अन्यले नगद ५ हजार सहित कप र प्रमाण–पत्र पाउने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
    गोरखा बजारको खेलकुद मैदानमा हुने प्रतियोगितामा ३४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट