
समाचार कुञ्ज जेठ १२
तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित गरिएको घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाले जानकारी हो ।
वडामा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित गरिएको घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले दिए । 
प्रत्येक वडामा १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरेको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बताउनु भयो ।
उहाँका अनुसार ५ नम्बर वडाका सबै टोलमा नेपाल सरकारले तोके अनुसार १५ महिना भित्रका बालबालिकाले खोप पुरा गरेका छन् । वडामा रहेका ३०६ जना बालबालिका मध्य यो वर्षको चैत मसान्तसम्म खोप पाउनुपर्ने सबै १०२ जना बालबाबालिकाले पुर्ण खोप प्राप्त गरेको रेकर्ड छ । वडामा कार्यरत स्वास्थ्यकर्मीले तयार पारेको तथ्याङलाई आधार बनाई बालबालिकाले पुरा खोप प्राप्त गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य भुवन विक ,सरस्वती आविका प्र.अ . पदमराज सिग्देल, नेपाली कांग्रस तनहुँ २ ख का सचिव सुशिल श्रेष्ठ , नेकपा एकाले घिरिङ गाउँ कमिटि अध्यक्ष सुमन श्रेष्ठ ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस