आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मामाको ४५ औ पुण्य तिथिमा एक लाख बराबरको पोशाक वितरण


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ६ पाठक संख्या
  • तनहुँ , जेठ ,१३ 
    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्म्बर -२ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लाई पोशाक (ट्रयाक सेट) वितरण गरिएको छ  । विद्यालयमा अध्यानरत सय जना भन्दा धेरै विद्यार्थीलाई एक लाख बराबरको पोशाक वितरण गरिएको शिक्षक सागर थापाले जानकारी दिनु भयो । 
                  
    हाल अ्मेरिका निवासी दम्पती श्री खेम बहादुर लिम्बु Khem Kangbha र गिता बुढाथोकीले  स्वर्गीय मामा राम कुमार श्रेष्ठको ४५ औ पुण्य तिथिको अवसरमा  एक लाख बराबरको ट्रयाक सेट वितरण गरेका थिए । 

      पोशाक वितरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलसिह थापाले गर्नुभएको  थियो भने स्वागत मन्तव्य शिक्षिका कमला थापा राख्नु भएको थियो । विद्यार्थीको तर्फबाट सागर परियार,  शिक्षक लोक थापा , शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर नेपाली ,विद्यालय व्यवस्थापन समितिका सदस्य दिपक परियार, , समाजसेवी दलबहादुर थापा,  समाजसेवी रिता आले, प्र अ जित बहादुर थापाले  शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक  दिल कुमार वि क गर्नुभयो  थियो ।

      कार्यक्रममा समाजसेवी, बृद्विजिवि, टोल समिति ,अभिभावक लगायतको उत्साहजनक उपस्थितिको रहेको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट