आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

निलो रिबन लगाएर सदन गए रास्वपा सांसद


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ९ पाठक संख्या
  • काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले घाटीमा निलो रिबन लगाएर विरोध गरेका छन्।

    आज प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाएका थिए। उक्त तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’

    मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएको रास्वपाले जनाएको छ।-डिसी नेपाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट