आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गण्डकी प्रदेश रास्वपाको युवा तथा खेलकुद विभाग प्रमुखमा समिर लामिछाने


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १२, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • १० पाठक संख्या
  • तिर्थराज काफ्ले, कावासोती |
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले नवलपुरको कावासोती निवासी समिर लामिछानेलाई युवा तथा खेलकुद विभागको प्रदेश प्रमुखमा नियुक्त गरेको छ। लामिछानेको नियुक्तिसँगै गण्डकी प्रदेशभरका युवाहरू, खेलकर्मी र शुभेच्छुकहरूले बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    समिर लामिछाने विगत केही वर्षयता सामाजिक अभियन्ता, युवा नेतृत्व तथा खेलकुद प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहेका छन्। उनले युवाको क्षमता विकास, नेतृत्व अभिवृद्धि, र विभिन्न खेलकुद गतिविधिहरूको आयोजनामार्फत समाज रूपान्तरणमा योगदान दिँदै आएका छन्।

    उनको नियुक्तिसँगै प्रदेशमा युवामैत्री नीतिहरू, खेलकुद संरचना विकास तथा अवसर सृजनाको अपेक्षा गरिएको छ। लामिछानेले नियुक्तिपछि दिएको प्रतिक्रिया अनुसार, आफू प्रदेशका युवाको आवाज बन्ने तथा खेलकुद संरचना मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

    “यो जिम्मेवारी मलाई थप ऊर्जा र प्रेरणा मिलेको छ। म युवाको आवाज बुलन्द बनाउनेछु र खेलकुद क्षेत्रलाई सुदृढ बनाउने कार्यमा दृढ रहन्छु,” लामिछानेले प्रतिक्रिया दिएका छन्।

    उनले प्रदेशभरिका युवालाई एकीकृत गर्दै खेलकुद पूर्वाधार विकासमा प्राथमिकता दिने योजना रहेको पनि स्पष्ट पारेका छन्।

    रास्वपाको गण्डकी प्रदेश समितिले हालै विभागीय पुनर्संरचना गर्दै युवा, खेलकुद, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रका योग्य र क्रियाशील व्यक्तित्वलाई जिम्मेवारी बाँडफाँड गरिरहेको छ। पार्टीले युवा नेतृत्वको विकासलाई प्राथमिकतामा राख्दै आएको सन्देशसमेत यस नियुक्तिले दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट