
समाचार कुञ्ज तिर्थराज काफ्ले नवलपुर
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेज पुलमा एक वेवारिसे शव फेला परेको छ।
प्रहरीका अनुसार मिति २०८२ साल असार २६ गते साँझ करिब ५:३० बजे पुलमा घोप्टो अवस्थामा तैरिरहेको अन्दाजी ३५–४० वर्ष उमेरको पुरुषको शव फेला परेको हो। मृतकको पहिचान हालसम्म खुल्न नसकेको जनाइएको छ।
शवको दाहिने हातमा ‘बिनोद’ लेखिएको ट्याटु रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। शवलाई सुरक्षित रूपमा निकालेर मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राखिएको छ।
प्रहरीले मृतकको पहिचान खुलाउन सर्वसाधारणसँग सहयोगको आग्रह गर्दै मृतकलाई चिनेमा नजिकको प्रहरी कार्यालय वा अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस