आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

तीन पालिकाका प्रमुखहरूद्वारा प्रधानमन्त्री ओलीलाई अस्पताल उद्घाटन र विकास योजनाका लागि भेट


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १२, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १९ पाठक संख्या
  • तिर्थराज काफ्ले काठमाडौं, 
    नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका प्रमुखहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी तीन पालिकामा निर्माण सम्पन्न भएका अस्पतालहरूको यथासिघ्र उद्घाटन र सेवा सञ्चालनको लागि आवश्यक सहयोग माग गरेका छन्।

    भेटवार्तामा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारी, देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीज्यू तथा प्रदेशसभा सदस्य लक्ष्मण पाण्डे समेत सहभागी थिए।

    भेटका क्रममा पालिकाहरूमा निर्माण सम्पन्न भए पनि सेवा सञ्चालन नहुँदा स्थानीयवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै ती अस्पतालहरूको शीघ्र उद्घाटनको लागि प्रधानमन्त्रीको समय माग गरिएको थियो। साथै, नगरप्रमुख अधिकारीले प्रधानमन्त्री समक्ष आफ्नो नगरपालिकाका अन्य विकास योजनाहरूलाई पनि अघि बढाउन विशेष ध्यानाकर्षण गराएका थिए।

    प्रधानमन्त्री ओलीले स्थानीय तहका विकास तथा स्वास्थ्य सेवा विस्तारका विषयमा सकारात्मक दृष्टिकोण राख्दै आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको सहभागीहरूको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट