
समाचार कुञ्ज चितवन । प्रकाश कार्की र रचना रिमालको आवाजमा रहेको ‘ बादल पारी उनको गाउँ ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छ, भने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ । उक्त गीतको संगीत प्रकाश कार्कीले रहेको छ ।
यस्तै, उक्त गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका छन् , भने छायांकन राजेश घिमिरेले गरेका हुन् । उक्त गीतको भिडियोमा मोडल उषा उप्रेती र बिमल अधिकारीले अभिनय गरेका छन् । प्रेमिल भाव बोकेको गीतमा मायालुलाई भेट्न कसरी जाउ भन्ने सम्बाद भेटिन्छ । उक्त गीतमा ध्वनि सम्पादन नरेश बि.सि. गरेका छन् , भने सम्पादन / रङ संयोजन दिपक बिष्टले गरेका छन् ।
त्यसैगरी, उक्त गीत ए प्लस स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा नारायण आचार्य रहेका छन् । उक्त गीतको एरेन्ज आदेश गुर्माछानले गरेको छन् । उक्त गीत पहिलो पाइला मिडिया हाउसले दृश्य निर्माण गरेको छ । त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायत विभिन्न मिडिया रहेका छन् । उक्त गीतको भिडियो पहिलो पाइला मिडिया हाउस नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :
https://youtu.be/upfIMJND0tg?si=x7szn1-5hkLMzrBO

प्रतिक्रिया दिनुहोस