आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गैडाकोटको रिसोर्टमा भिषण आगलागी 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १४, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ११ पाठक संख्या
  • रामकुमार श्रेष्ठ ,नवलपुर । 
    नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज भिषण आगलागी भएको छ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको छ
    आगलागीपछि घटनास्थलमा भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 
    आगलागीको कारण र जान धन क्षतिको विवरण यकिन भइसकेको छैन। 
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट