
समाचार कुञ्ज पाल्पा – जिल्लाको रामपुरमा कुलाेले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । रामपुर फाँट सिंचाई आयोजनाको कुलाेले बगाएर रामपुर–४, सुधार टोल क्यामुनाघारीका ७२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसाे पौने दुई बजेतिर रामपुर–५, बेझाँडस्थित दुई नम्बरकाे नहरमा थापाको शव फेला परेको थियाे । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार नहरमा बग्दै आएको अवस्थामा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
दिउँसो १२ बजेको समयमा घर बाट निस्किनु भएको पारिवारिक स्राेतले जनाएकाे छ । उहाँ शव घर देखि झण्डै साढे दुई किलोमिटर तल नहरमा फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस