
समाचार कुञ्ज साउन ३०
हरितालीका तीज तथा ऋषि पञ्चमीको पावन अवसरमा शुद्व साविक वडा स्तरीय U -१९ पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । "युवा र खेलकुदलाई समर्थन – प्राचिन कला संस्कृतिको प्रवर्धन "भने मुल नाराका साथ अत्रौली युवा समाज घिरिङ -१ अत्रौलीको आयोजनामा यहि मिति २०८२भदौ १२ देखि १४ गतेसम्म विभिन्न प्रतियोगिता हुने आयोजकले जनाएको छ । 
टिम दर्ता शुल्क पुरूष तर्फ रू २५०५ , खुल्ला महिला तर्फ रू १००५ , लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरूष तर्फ प्रथम हुने टोलीले रु ३० हजार ,द्वितीय हुनेले रु २० हजार र तृतीयले रु १० हजार सिल्ड र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ प्रथम हुने टोलीले रू १५ हजार, द्वितीय हुने रू १० हजार तृतीय हुने रू ५ हजार शिल्ड प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरू पुरूष तर्फ बेष्ट प्यलेयर,बेष्ट स्पाईकर,बेष्ट सेटर, बेष्ट ब्लकर ,बेष्ट डिफेन्डर , महिला तर्फ बेष्ट प्यलेयर,बेष्ट स्पाईकर,बेष्ट सेटर, रहेको छ ।
यसैगरी तीज गीतमा सामुहिक तथा एकल नृत्यमा सहभागी हुने प्रथम ७ हजार, द्वितीय ५ हजार ,तृतीय ३ हजार प्रमाणपत्र पाउने छन् । कार्यक्रम संचालन हुने स्थान अत्रौली बायाटारी भलिबल खेल मैदान हुने छ ।

प्रतिक्रिया दिनुहोस