
समाचार कुञ्ज असोज ०४ ,समर रानाभाट
रानाभाट/भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एंवम एस ईई मा A र A+ ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा जेष्ठ नागारिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । नजिकिएको दशैंको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट प्रमुख अतिथि रहनुभएको थियो । चाडपर्वको अवसर पारेर आयोजना गरिने यस्ता किसिमका कार्यक्रमले भेटघाटको वातावरण सिर्जना हुने र समाजका व्यक्तिहरुबिच सौहार्दता कायम हुने भन्दै उहाँले खुशि व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि हरिबहादुर रानाभाटसंगै केन्द्रिय सल्लाहकार सदस्य पुर्ण बहादुर रानाभाट ,केन्द्रिय केन्द्रिय सचिव बालराम रानाभाट, केन्द्रिय सह -कोष्ध्याक्ष मन बहादुर रानाभाट, केन्द्रिय सदस्य रामभक्त रानाभाट, गण्डकी प्रदेश सह -सचिव सन्त बहादुर रानाभाट , गण्डकी प्रदेश सदस्य संगिता रानाभाट , जिल्लाका संस्थापक अध्यक्ष तुलराम रानाभाट , जिल्लाका निर्वतमान अध्यक्ष रेशम बहादुर रानाभाट , महिला परिचालक जिल्ला अध्यक्ष पार्वति रानाभाट , युवा परिचालक अध्यक्ष सुर्य रानाभाट , गैडमकोट इकाई अध्यक्ष पदम रानाभाट , अमरापुरी ईकाइ अध्यक्ष सुर्य बहादुर रानाभाट , देबचुली ईकाई कमिटिका सचिव महेश रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
बिजय दशमीको शुभकामना आदन प्रदान तथा एस ईई मा उत्कृष्ट अंक A र A+ ल्याउने बाह्र जना विद्यार्थीहरूलाई प्रशंसा पत्र र दोस्वला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी समाजका जेष्ठ नागरिक असि वर्षा पुगेका चार जना वृद्व बुबा आमालाई दोस्वला ओडाएर सम्मान गरिएको थियो ।
समाजका जिल्ला इकाईका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम जिल्ला अध्यक्ष विष्णु प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष पशुपति रानाभाटले स्वागत मन्तव्य राख्नु भएको थियो भने उपाध्यक्ष समर रानाभाटको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस