
समाचार कुञ्ज असोज २४ ,समर रानाभाट






प्यासिफिक एकेडेमीकको आयोजनामा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. -१ पुट्टारमा यही असोज ३१ गते शुक्रबार देखि कात्तिक १ गतेसम्म खेल हुने आयोजकले जनाएको छ । खेलमा सहभागी हुने टिमले टिम दर्ता असोज ३० गते सम्म गर्नु पर्न छ भने टिम दर्ता नि: शुल्क गरिने आयोजकले जनाएको छ । खेल टिटि सिस्टममा खेलाइने छ । 
प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार मेडल र प्रमाणपत्र , द्वितीय हुने टिमलाई ७ हजार मेडल र प्रमाणपत्र , तृतीय हुने टिमलाई ४ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेल हुने स्थान पुट्टार खेलमैदान जैशिबगैचा रहेको छ ।

प्रतिक्रिया दिनुहोस