
समाचार कुञ्ज असोज , २८
"द यङ टाइगर ग्रुप"नामक सामाजिक संस्थाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।निरन्तरता समाजमा सामाजिक कार्य गर्दै आएको संस्थाले सोमबार पनि बुलिङटार–६, आत्रौली स्थित श्री शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । 
यस ग्रुपले बुलिङटार -०३ मा रहेको बाल विद्या मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको थियो । 
यसले विद्यार्थीहरूको शिक्षा प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रमका संयोजक प्रकाश रानाभाटले बताए ।
आगामी दिनमा संस्था अझ शसक्त ढंगबाट प्रस्तुत हुने योजनामा रहेको संस्थाका प्रतिनिधि ई.पशुपति रानाभाटले जानकारी दिएका दिए ।

प्रतिक्रिया दिनुहोस