आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दिपक माध्यमिक विद्यालयमा दीपक पुस्तकालय उद्घाटन तथा विद्यालय बस सेवा संचालन


  • समाचार कुञ्ज
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ५ पाठक संख्या
  • असोज ३०,समर रानाभाट 
    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर -१  बैडिमा रहेको दिपक माध्यमिक विद्यालयमा दीपक पुस्तकालय उद्घाटन तथा विद्यालयमा बस सेवा संचालन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित पुस्तकालय निर्माण गरिएकोमा गाउँपालिका अध्यक्ष थापाले  धन्यवाद समेत दिए । 

    कार्यक्रममा घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नम्बर -१ का वडाध्यक्ष रविचन्द्र घोरासैनी  , शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी , वडा सदस्यहरू सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका १ सय ५० भन्दा धेरै विद्यार्थी तथा शिक्षकरशिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने सायक प्रधानाध्यापक लिल बहादुर सुनारले जानकारी दिए । विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने कार्यक्रमका वक्ताहरूले विश्वास लिएका छन् । 

    कार्यक्रमका विषयमा विद्यालयका प्रधानाध्यापक रामचन्द्र खनाले प्रष्ट पार्नु भएको थियो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गंगाराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मि प्रसाद अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन बालकृष्ण सुनारले गरेका थिए । 

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट