
समाचार कुञ्ज तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाले कार्तिक २८ गते भोलि देखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगित हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले पालिका स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्तिक २८ देखि ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । घिरिङ गाउँपालिका परिसर र महेन्द्रज्योती माध्यमिक विद्यालयको प्राङण घिरिङ ४ गडैलिटारको खेल मैदानमा हुने भएको छ । पालिका भित्रका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले यही कार्तिक २८ र ३० गते गरि ३ दिनसम्म रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनेभएको छ ।व्यवस्थापन समितिका अनुसार ७ सामुदायिक विद्यालय प्रतियोगिता सहभागी हुनेछन्।प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स तर्फ हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटफुट, ४ गुणन ४०० रिले , रनिङ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,३०००मिटर,र दौड क ४x१०० मिटर रिले दौड ,ख ४x१०० मिटर रिले दौड, ग ४x१०० मिटर रिले दौड , ४x१०० मिटर रिले दौड ,प्रतियोगिता हुने भएको छ । त्यसगैरी क ४x४०० मिटर रिले दौड ख ,४x४०० मिटर रिले दौड ग, ४x४००मिटर रिले दौड ,घ ४x४०० मिटर रिले दौड प्रतियोगिता हुने भएको घिरिङ गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदिले हस्ताक्षर गरेको सुचनामा बताएको छ ।
विद्यालयबाट प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ,द्वितिय हुने विद्यालयले नगद २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने विद्यालयले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ |

प्रतिक्रिया दिनुहोस